त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ

काठमाडौं : प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

Dengue

उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।

उनीबाट सुनको एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद गरेको छ । त्यसैगरी देवराजलाई भने बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार