रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आए धनगढी

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने धनगढी आएका छन्। सोमबार धनगढी पुगेर लामिछानेले पत्रकारहरूसँग सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताए।

लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन्। ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो,’ उनले भने, ‘त्यो स्थापित भइसकेको कुरा हो। अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले ग¥यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ। क–कसले बदमासी ग¥यो भन्ने पनि स्पष्ट भइसकेको छ।

’ गलत ढंगले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न नभएको उनको दाबी छ। ‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नुपर्छ,’ उनले भने, ‘मैले कहाँ तिर्न जाने भन्नुप¥यो। म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला। तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन। त्यो म भएकै बेलामा बदमासी भए पनि त्यो बदमासी कसले र कसरी ग¥यो भन्ने कुरा स्पष्ट छ।’ उनले संसदीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू आशावादी पनि रहेको बताए।

‘धेरै व्यक्ति लाखौं सहकारीपीडितको न्यायका लागि भन्दा पनि रवि लामिछानेलाई दोषी देखाउन केन्द्रित भएका छन्,’ उनले भने, ‘त्यसको मूल्यांकन इतिहासले गर्नेछ। तर, पीडितले न्याय पाउनेमा म आशावादी छु ।’ अहिलेको सरकारको सुरुवाती छनक राम्रो नदेखिएको पनि लामिछानेको आरोप छ।

‘उहाँहरू (एमाले–कांग्रेस)ले हामी नै निर्विकल्प हौं भन्ने जुन सोच्नुभएको थियो, तर सुरुवाती छनक राम्रो देखिएको छैन,’ उनले भने, ‘तर, केही समय कुर्न अझै सकिन्छ र समय दिन कुर्नुपर्छ।’ उनले पहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि खोलेका फाइलबारे अहिले के भइरहेको छ भन्ने विषयमा आफूलाई जानकारी नभएको तर खबरदारी गरिरहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार