गुगुल्डि साहित्यिक मासिक पत्रिका भाषा आयोगद्वारा सम्मानित

धनगढी : विगत २७ वर्ष देखि वि.सं (२०५४) देखि निरन्तर प्रकाशित हुदै आएको गुगुल्डि साहित्यिक मासिक पत्रिका भाषा आयोगको वार्षिकोत्सवका अवसरमा सम्मानित भएको छ। 

लामो समयदेखि डोट्याली भाषाको साहित्यिक मासिक पत्रिकाको रूपमा ३२३  अंक प्रकाशित पत्रिकाले मातृभाषा संरक्षण तथा बिकासमा पुर्याएको योगदानको कदर गर्दै भाषा आयोगले प्रदान गरेको सम्मान(पत्र गुगुल्डिका आजिवन सदस्य एवम् गोर्खापत्र दैनिक डोट्याली पृष्ठ सम्पादक श्री दीप सागर पन्तले ग्रहण गर्नु र्भएको हो।

सुदूरपश्चिमको साहित्यिक पत्रकारिताको इतिहासमा सर्वाधिक लामो समयदेखि प्रकाशित हुँदै आयेको गुगुल्डि साहित्यिक मासिक पत्रिका सम्मानित भएबाट यस पत्रिकाका सदस्य, सम्पादक, लेखक तथा पाठक सबै गौरवान्वित भएका छन।  यस पत्रिकाका संस्थापक सम्पादक श्री वीरबहादुर चन्द विश्राम रहेका छन् ।

 चन्द यस अघि नै प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भैसकेका छन।  प्रेस काउन्सिलद्वारा क्षेत्रीय ख वर्गमा वर्गिकृत यस पत्रिकासंग लेखनका माध्यमले हालसम्म ५०० बढी रचनाकारहरू जोडिएका छन भने पत्रिकाको निरन्तरतालाई कायम राख्न तथा साहित्यिक सास्कृतिक रूपमा सञ्चालन गर्न गुगुल्डि वाङमय प्रतिष्ठान संस्था (२०७५) गठन गरिएको छ।  सुरूवातमा २ पानाबाट थालनी भएको पत्रिका हाल कुल ५४पेजमा प्रकाशित भैरहेको छ।

एक सय बढी साहित्यिक तथा साहित्यकार विशेष अंक प्रकाशित गरेको गुगुल्डि साहित्यिक मासिक पत्रिकाले सुदूरपश्चिमका मातृभाषा विशेषांक समेत प्रकाशित गरेको छ।  त्यसै गरि गुगुल्डि वाङमय प्रतिष्ठान संस्था गठन पश्चात बहुभाषिक लघुकथा विशेषांक का साथै विभिन्न सर्जकहरू कृति समेत प्रकाशित भयेका छन। पत्रिका तथा प्रतिष्ठानले साहित्यिक(सास्कृतिक प्रतिभाहरू वर्षेनी सम्मानित गर्दै  गर्दै आएको छ। प्रतिष्ठानले आर डि प्रभास चटौत, वीरबहादुर चन्द विश्राम, नारायण दत्त भट्ट, कोमल वहादुर सिह, लक्ष्मी दत्त भट्ट  लगायतको योगदानमा अक्षयकोष समेत स्थापना गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार