सुनसरीबाट ३ सय ५१ केजी गाँजासहित एकजना पक्राउ

धरान : सुनसरी विभिन्न स्थानबाट ३ सय ५१ केजी गाँजासहित एकजना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका-१३, आँपगाछीस्थित कोशी लोकमार्गबाट १५ केजी गाँजासहित धनकुटा नगरपालिका-७ का २२ वर्षीय सन्देश राई पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार गाडीमा लुकाई छिपाई ल्याएको गाँजासहित युवक पक्राउ गरिएको हो।  प्रहरीको टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको को १ ख २०९६ नम्बरको हायस भेन (सार्वजनिक यातायात)लाई रोकी सवार यात्रुहरूको सामान चेकजाँच गर्दा युवक पक्राउ परेका हुन्। 

Dengue

सुनसरीको कोशी गाउपालिका-८ को हरिपुरमा एचाआर २६ बी ०९९०४ नम्बरको भारतीय स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ३३६ केजी गाँजासहित गाडी नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए। चेकजाँच गर्ने क्रममा गाडी चालक फरार भएकाले उनको पहिचान गरी खोजी भइरहेको उनले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार