काठमाडौं प्रहरीको नयाँ भवन उद्घाटन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । आज (सोमबार) बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरेका हुन् । हनुमानढोकाबाट विस्थापित प्रहरीले २०७२ सालको भूकम्पपछि टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

कार्यक्रममा बोल्दै गृह सचिव एकनारायण अर्यालले अब उप्रान्त नयाँ भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही बढी लाभान्वित हुनेछन् । यसले प्रहरीमा उत्प्रेरणा र मनोबल पनि बढाउने उनले बताए ।

Dengue

लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।

तर, सोमबार मात्र औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार