सुनकोशी जिप दुर्घटना : अझै भेटिएनन् बेपत्ता

काठमाडौँ : सुनकोशी नदीमा जिप खस्दा बेपत्ता भएका तीन जना सोमबार बिहानसम्म फेला परेका छैनन् । अहिले सशस्त्र प्रहरीको गोताखोर टोली, जनपथ प्रहरी र स्थानीयले लगातार तीनदिनदेखि खोजी जारी राखेको छ ।

खाेटाङको हलेसीबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२३ च ६३६६ नं को इसुजु जिप शनिबार मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका– १ कुँडुले नजिकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेकाे थियाे ।

Dengue

जिप खस्दा तीन यात्रु बेपत्ता भएको थियो भने एक हामफालेर बाँचेका थिए । गोताखोर टोलीले सुनकोसी नदी भित्र पसेर बेपत्ताहरुको खोजी गरिरहेको छ भने जनपथ प्रहरी र स्थानीयले नदी किनारमा खोजीरहेका छन् ।

सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी निरीक्षक दिनेश देउजाको नेतृत्वमा १० जनाले सम्भावित स्थानहरूमा नदी भित्रै पसेर खोजी तिब्र बनाएका छन् ।

नदीकाे बहाव बढी भएको र धमिलो भएकाले खोजी कार्यमा कठिनाई भएको एसपी काफ्लेले जनाए । उनले भने, ‘नदी किनारमा घुर्मीसम्म पुगेर खोजी गर्दा समेत फेला परेका छैनन् । स्थानीयलाई समेत कहीँकतै देखेमा खबर गर्न सूचित गरेका छौं ।’ सुनकोसी नदीमा बेपत्ता हुनेहरूमा भक्तपुर सुर्यविनायक नगरपालिका जगातिका प्रनित स्यागू, बलराम घटुवा र जिप चालक अविन बाडे छन् ।

सोही स्थानका सुशान्त कक्षपती भने पौडिएर बाच्न सफल भएका थिए । जिप भने फेला पारी टुचनले तानेर नदी किनारमा निकालिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार