कोरियामा मृत्यु भएकी २० वर्षीया सोनु श्रेष्ठको शव नेपाल आईपुग्यो !

झापा : दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ।

श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका हुन्। आज १२-१ बजेसम्ममा शव घर नै ल्याइपुर्‍याउने जानकारी पाएको माई नगर प्रमुख खम्बसिंह लिम्बूले बताए।

Seti Hospital

कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज सोनसिक र त्यहाँस्थित इलामेली समाजले उनको शव गृह जिल्ला पठाउने खर्च संकलन गरी सहयोग गरेका थिए। सोनुको शव नेपाल पठाउन कोरियाबासी नेपालीले महत्वपूर्ण सहयोग गरेका थिए।

विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो। उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सिलसिलामा गत जेठमा मलेसियामा मृत्यु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार