सुनकोशी नदीमा खसेको गाडी भेटियो, तीन यात्रु भेटिएनन् !

काठमाडाै : सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ भने त्यसमा सवार तीन यात्रु हराइरहेका छन्।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ गइरहेको जीप शनिबार साँझ गोलन्जोर गाउँपालिका-१ कुडुलेमा पल्टिएर सुनकोशीमा खसेको थियो। गाडीमा सवार एक जना पौडिएर बाहिर आएका थिए भने तीन जना हराइरहेका छन्। गए राति २ बजे घट्नास्थल नजिकै हाइलक्स फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले बताए।

गाडीमा चार जना सवार थिए। उनीहरूमध्ये भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित जगातीका ३२ वर्षीय अविन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा सुनकोशीमा हराइरहेका छन्। गाडीमा सवार जगातीकै २७ वर्षीय सुशान्त कक्षपति पाडी खेलर बाहिर निस्केका छन्।

उनी नदीबाट निस्केर राति नै प्रहरीको सम्पर्कमा आएका हुन्। हराइरहेका तीन जनाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले सुनकोशीमा खोजी गरिरहेको एसपी काफ्लेले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार