रवि लामिछाने भन्छन् आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु !

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र संसदीय विशेष छानबिन समितिलाई बुझाएको बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले आफू संलग्नका बारेमा लगाइएको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । 

Dengue

सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए ।

ग्यालेक्सी टीभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतका विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो ।सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार