आज गौराको पहिलो दिन ‘बिरुडा’ भिजाउँदै

धनगढी : आजदेखि सुदूरपश्चिममा गोरापर्व सुरु भएको छ। सुदूरपश्चिमको महान चाड गौरा पर्वको पहिलो दिन आज ‘बिरुडा पञ्चमी’ मनाइँदैछ।

आजको दिन पाँचथरी गेडागुडी भिजाउने गरिन्छ । जस अन्तर्गत ‘गहत, गहुँ, केराउ, मास र गुराँस’ आदिलाई अङ्कलन गरि विधिवत कर्मकाण्ड विधि र ‘फाग’ ‘माङल’ लगाउँदै गौरा पूजनका लागि प्रयोग हुने अक्षता र फुर्सद स्वरूप संकलित ‘बिरुडा’लाई एउटा तामाको भाँडामा एकसाथ मिलाई माङ्गलिक पूजाआजाका साथ भिजाइने गरिन्छ।

Galaxy

आज ‘बिरुडा’ पञ्चमीका दिन भिजाइने पाँच प्रकारका गेडागुडीहरूलाई नै ‘बिरुडा’ भनिन्छ । पौराणिक कालमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउँ भने बालुवाको शिवलिङ्ग बनाई १२ वर्षसम्म गरेको कष्टसाध्य तपस्या पश्चात् वरदान पाई महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता अनुसार गौरापर्व मनाइने परम्परा चल्दै आएको छ।

भगवान शिव र पार्वतीको पूजा आराधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको छ।

सुदूरपश्चिमा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाइने गरिन्छ। गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै मायाप्रेम बाड्ने गरिन्छ।

अनुकूल तिथिरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक र आस्थाआपसी भाउ बढ्न मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रतबसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने इष्ट र कुल देवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार