मुस्ताङमा हिमपहिरो : ९ घर जोखिममा

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका २ मा पर्ने बोक्सी खोलामा शुक्रबार दिउँसो हिमपहिरो खस्दा खोला थुनिएको छ । हिमपहिरोले खोला थुनिँदा ९० प्रतिशत जति पानी खोलामा कम भएको स्थानीयले बताएका छन् ।

खोला थुनिएको ठाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट १८ किलोमिटर टाढा पर्छ । थुप्रिएको भाग एकै पटक खोलिएमा तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । 

Dengue

“खोलाको किनारमा नौ घर छन् । अहिले सुरक्षा टोली त्यही घर भएको क्षेत्रमा छ,” पन्तले भन्नुभयो, “हिमपहिरो गएको ठाउँको अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । करिब दुई घन्टा (बेलुका ६ बजेसम्म) टोली त्यहाँ पुगेपछि यथार्थ अवस्था जानकारी हुन्छ ।”

मानापाथी हिमालको फेदबाट खसेको हिमपहिरोले खोला थुनिएको बताइन्छ । २०७८ सालमा पनि पानीपाथी हिमालबाट हिमपहिरो खस्दा बोक्सी खोला थुनिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार