मुग्लिङ सडक खण्डमा बस दुर्घटना, २५ जना यात्रु घाइते

काठमाडौं : मुग्लिङ नारायणगढ सडक खण्डमा बस दुर्घटना भएको छ । शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा बाटो माथिबाट ढुङ्गा खस्दा बस पल्टिएको हो ।

दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ ।बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।

Dengue

गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको यात्रु बस अनियन्त्रित भएर पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो माथिबाट ढुङ्गा खस्दा चालक आत्तिएर नियन्त्रण गुमाउँदा बस पल्टिएको हो । अहिले उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार