हुम्लाको जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार

काठमाडौं : हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ। घाइते भएका ७ जना मध्ये गम्भीर रहेका ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकाे हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ललाई थप उपचारका लागि रिफर गरिएको हो।

Seti Hospital

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामन्य रहेको छ। आज बिहान करिब ८ बजेको समयमा चङ्खेली गाउँपालिका २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार