शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कबिहीन

नेपालगन्ज :  जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कबिहीन हुनुभएको छ। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुनुहुन्छ। 

उहाँ गत साउन १४ गते घरबाट नेपालगन्ज आउनु भएको थियो। साउन २५ गते नेपालगन्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगन्ज आउनुभएका शाहीका ज्वाइँ गोपी सिंहले जानकारी दिनुभयो। 

Dengue

सिंहले भन्नुभयो, ‘२५ गते दिनभर कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन।’ शाही नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि निवेदन दिएको जनाउँदै शाहीका पिता हंसबहादुर शाहीले नेपालगन्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको टेलिफोनमा बताउनुभयो। 

उहाँले थप्नुभयो, ‘नेपालगन्ज पुगेर जताततै खोजियो तर, छोरालाई भेट्टाउन सकिएन। फोन पनि बन्द छ। खाना खाएको १६ हजार नौ सय रुपियाँ पुगेपछि पछि तिरौंला भनेर फर्कियौं।’

शाही बसेको नेपालगन्ज बसपार्कस्थित होटल मीना दैलेखीका सञ्चालक मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताउनुभयो।  खोजीका लागि परेको निवेदन अनुसार खोज गरिए पनि शाहीको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार