त्रिवि असुरक्षित भएको भनी सुरक्षा प्रबन्धको माग गर्दै : शिक्षामन्त्री भट्टराई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् ।

गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् ।

Dengue

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद हुँदा आक्रमणको धम्की आएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार रिजाल हाल बिदामा छन् ।

मानविकी तथा समाजशास्त्र संकायकी डीन कुसुम शाक्यले विभागको प्रमुखमा टीकाराम गौतमको नाम सिफारिस गर्दा विभिन्न विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् । विरोधमा रहेका विद्यार्थीबाटै सुरक्षा थ्रेट भएको त्रिवि पदाधिकारीहरुको भनाइ छ ।

२० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पनि त्रिवि पदाधिकारीहरुलाई आउजाउ गर्दा ख्याल गर्न भनेको थियो । त्यसपछि त्रिवि पदाधिकारीहरु असुरक्षित भएको भन्दै बिदामा छन् । उनीहरु बिदामा बस्दा दैनिक प्रशासनिक लगायत काम प्रभावित भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार