इनार सफा गर्दै गरेका दुई जनाको मृत्यु

दाङ : दाङको तुलसीपुरमा इनार सफा गर्दै गरेका दुई जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका थिए।

SHIKHAR COOL TECH

उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिएका थिए।

उनीहरूको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। त्यहाँ पुर्‍याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार