सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो ।

Dengue

मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार