बालिकालाई जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

काठमाडौँ : ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक-पटक करणी गरेको आरोपमा २७ वर्षीय बीरबहादुर विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विक खाम्लुङको दोभान बजारबाट पक्राउ परेका हुन् ।

Dengue

जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार विकले पहिलो पटक गत बैशाख ५ गते, दोस्रो पटक बैशाख ८ तेस्रो पटक साउन २९ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार