खुकुरी प्रहारको घटनामा वडाध्यक्षसहित नौ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं : बाँकेका दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौ जना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। 

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३१ वर्षीय नारायण डाँगी, ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी र ३५ वर्षीय ऋषी देवकोटाविरूद्ध मुद्दा दर्ता भएको छ।

Seti Hospital

३७ वर्षीय लोकेन्द्र डाँगी, २९ वर्षीय नवीन भण्डारी, ३० वर्षीय विशाल भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष  गुप्ताविरूद्ध मुद्दा दर्ता भएको हो। यस्तै, जाहेरीकर्ताले अन्य ४/५ जनाको पहिचान नभएको हुँदा उनीहरूको खोजी तथा पहिचान गरी नियन्त्रणमा लिन माग गरेकी छन्। 

खुकुरी प्रहार घटनामा संलग्नमध्ये हालसम्म वडाध्यक्ष ओली, सन्दिप ओली, रत्न भण्डारी, सन्तोष गुप्तालाई घटना भएकै दिन राति प्रहरीले नियन्त्रणमा लिएको थियो। अन्य पाँच जना फरार भएको हुँदा उनीहरूको  खोजी कार्य भइरहेको एसपी कार्कीले जानकारी दिए। वडाध्यक्ष ओलीसहित पक्राउ परेका सबैविरूद्ध पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले आइतबार नै अनुमति  दिएको थियो। 

शनिबार फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा राप्ती सोनारी गाउँपालिका– २ का २८ वर्षीय सन्दिप बिष्ट र बैजनाथ गाउँपालिका– ७ का २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले खुँडा र खुकरी प्रहार गरेका थिए। उनीहरूलाई वडाध्यक्षसहितको समूहले सुनियोजित तरिकाले आक्रमण गरेको प्रहरी अधिकारीहरू बताएका छन्। 

घाइते सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले आइतबार नौ जना विरूद्ध ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीमा जाहेरी दिएकी थिइन्।  

सन्दिप बालुवा गिट्टी निकासी पैठारी लगायतका ठेक्का पट्टाको काम गर्थे। वडाध्यक्ष ओली पनि क्रसर उद्योग सञ्चालनदेखि बालुवा गिट्टीको ठेक्का पट्टाको काम गर्दै आएका व्यक्ति हुन्। यी दुबै विगतमा एकै समूहमा रहेर काम गरेको प्रहरी अधिकारीहरू बताउँछन्। 

पछिल्लो समय खुकुरी प्रहारबाट घाइते भई उपचाररत बिष्ट र मल्ल उनीहरूबाट अलग भएका थिए। उनीहरू पछिल्लो समय नेपाली कांग्रेस निकट नेपाल तरूण दलमा प्रवेश गरेका थिए। अर्कोतर्फ गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित ओली युवा संघ बाँकेका अध्यक्ष पनि हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार