बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरूको दाबी रहेपनि मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार