जुम्लाको बाँता गाउँ जोड्ने सडक पहिरोले अवरुद्ध

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ६ को बाँता गाउँ जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । गत साउन ३० गतेको अविरल वर्षापछि पहिरोले सडक अवरुद्ध भएको स्थानीय राजेन्द्र बुढाले बताएका छन् । स्याउ बेच्ने समयमै सडक अवरुद्ध भएपछि किसानलाई स्याउ बगैंचामै खेर जाने चिन्ता बढेको उनले बताए ।

बाँता गाउँबाट उर्थु सम्म ढुवानी गर्दा स्याउको मुल्य बराबर खर्च हुने हुँदा किसानलाई चिन्ता बढेको उनले बताए । ‘यो स्याउको सिजन हो, स्याउ किसानले वर्षभरीको मेहनत हुँदा रुखमै स्याउ कुहिने चिन्ता बढेको छ, समयमै स्याउ बेच्न नपाएपछि परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको छ ।’ उनले भने ।

Dengue

झण्डै १ सय मिटर सम्म सडक अवरुद्ध भएपछि सवारी आवतजावत पुर्ण रुपमा बन्द भएको छ । दैनिक उपभोग्य बस्तु ढुवानी हुन नसक्दा समस्या भएको छ । बिरामीलाई खलंगा पुर्याउन समेत समस्या भएको अर्का स्थानीय नर बहादुर महताराले बताए । गाउँ बाहिर पढ्ने विद्यार्थीलाई पैदल हिडेन समेत जोखिम बढेको उनले बताए । पातारासी गाउँपालिकाले समयमै बाटो खुलाइदिनुपर्ने स्थानीयको माग छ ।

पातारासी गाउँपालिकाका इन्जिनियर नविन शाहिका अनुसार बाँता जोडेने सडक मर्मतका लागि १८ लाख सम्म बजेट लाग्ने इष्टमेट छ । तर गाउँपालिकाबाट ९ लाख बजेट छुट्याइएको वडा नम्वर ६ का अध्यक्ष कर्म विष्टले बताए । ‘गाउँपालिकाका अध्यक्ष जिल्ला बाहिर भएकोले जुम्ला फर्किएपछि विपदको बजेटबाट सडक मर्मत गर्ने कुरा भएको छ’ वडा अध्यक्ष विष्टले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार