मोटरसाइकलको ठक्करबाट चार जना घाइते

धनगढी : कैलालीको लम्कीमा मोटरसाइकलको ठक्करबाट चार जना घाइते भएका छन्।

लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँकी १९ वर्षीया अनिसा चौधरी घाइते भएकी छन्। मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका छन्। घाइते दुबै जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

Seti Hospital

यस्तै लम्कीचुहा नगरपालिका–४ मा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको भे ९ प २०५९ नम्बरको मोटरसाइकलको ठक्करबाट ५० वर्षीया चन्द्रा भण्डारी घाइते भएकी छन्। चालक कोहलपुर नगरपालिका–२ का ३० वर्षीय सन्तोष शाही पनि घाइते भएका छन्। घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलरपुर पठाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार