सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ : सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका–२ चियाबारीनजिक तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने बा २ च ८२८३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा परी गोलन्जोर गाउँपालिका–६ हैबारका पृथ्वी भुजेल, सोही ठाउँका उदयबहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट सडकखण्डअन्तर्गत चियाबारी नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएपी केशव कटुवालले जानकारी दिए।

Seti Hospital

मृतकमध्येका उदय गोन्जोर गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडा सदस्य हुन्।पृथ्वी र उदयको घटनास्थलमा तथा पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कटुवालले बताए।

प्रहरीका अनुसार गालन्जोर गाउँपालिकाबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको जिप सडकमा पल्टिएको थियो। दुर्घटनामा पाँच जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अन्यको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार