कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर : मोरङको विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार (हिजो) राति ९ः३५ बजेतिर उक्त दुर्घटना भएको हो।

स्थानीय पिपलचोकमा को१च ५१९१ नम्बरको कारले मधेश प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकलका चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको हो।

Seti Hospital

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो। त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए। कारका चालक मोरङै पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार