बेचन झा विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता

काठमाडौँ : भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।

Dengue

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ ।

झाले यो प्रकरणमा आफूलाई केही थाहा नभएको बयान प्रहरीलाई दिएपछि उनको पोलिग्राफ टेष्ट गर्ने भनिएको थियो । तर सत्ताको पहुँचमा रहेका झाले पोलिग्राफ टेष्ट गर्न मानेका छैनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी सबै भन्दा प्रमुख बिचौलीया बनेर मन्त्रीपरिषद्बाटै निर्णय गराउने देखि लेनदेनका कार्यमा संलग्न भएको आरोप उनीमाथि छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार