आज घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाण्डौँ : निरन्तर उत्साहजनक रुपमा बृद्धि भईरहेको शेयर बजारमा आज गिरावट आएको छ । चार कारोबार दिनको निरन्तर वृद्धिपछि मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन भएको छ।

पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २८० अंक बढेको छ। मंगलबार नेप्से परिसूचक ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा झरेको छ।

Seti Hospital

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड २७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र शुभम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार