काठमाडौँ : कैलालीसहित पाँच जिल्लामा हैजा फैलिएको छ । कैलाली, ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।
देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । ललितपुरमा ३४ जना, कैलालीमा ८, काठमाडौँमा २, प्युठानमा २ र रुपन्देहीका १ जनालाई हैजा सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्