यो वर्ष एक हजार मेगावाट विद्युत् थपिने

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो वर्ष कम्तीमा एक हजार मेगावाट जलविद्युत उत्पादन थप्ने लक्ष्य राखेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको बताइए पनि हालसम्म ३ हजार ५ सय मेगावाट मात्र उत्पादन हुन सकेको छ ।

तीव्र जलविद्युत उत्पादनको लक्ष्य अनुसार चालु आर्थिक वर्षभित्रै थप एक हजार मेगावाट उत्पादन गरेर ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य मन्त्रालयले राखेको हो । चालु आर्थिक वर्षका लागि सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Dengue

जसमध्ये ५३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ ऊर्जा क्षेत्रका लागि छुट्टाइएकोमा बाँकी ३३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ जलस्रोत तथा सिँचाइ क्षेत्रमा छुट्टाइएको छ । आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको अवस्थामा मन्त्रालयले ऊर्जा क्षेत्र र जलस्रोत तथा सिँचाइ क्षेत्र दुवै तर्फको वार्षिक कार्यक्रम सार्वजनिक गर्दै प्रभावकारिता र उत्पादनको लक्ष्य राखेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार