हसौरामा हिजोदेखि हराइरहेका बालक खोला किनारमा मृत भेटिए !

काठमाडौँ : नवलपुरको कावासोती ४ हसौरामा हिजोदेखि हराइरहेका ३० महिने बालक आज खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना आज बिहान सवा ९ बजेतिर कावासोती ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

Dengue

घटनास्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए ।बालक हिजो विहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका थिए । उनको खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेपछि फेला पर्न सकेको थिएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार