सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख नजिर मियाले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

नेपाली कांग्रेस संसदीय दल नेता आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए। शाहले नेकपा (एमाले) को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो।

Dengue

शाह यसअघि १४ महिना सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। शाहलाई नै पुनः मुख्यमन्त्रीमा दोहोर्‍याउने कांग्रेस संसदीय दलको आइतबारको बैठकले निर्णय गरेको थियो। नवनियुक्त मुख्यमन्त्री शाहको शपथ सोमबार हुनेछ। मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिम प्रदेश सभामा अहिले कायम रहेको सांसद संख्या ५३ हो। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन चाहिन्छ । सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। यी दुई दलमात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ।

शाह यसअघि २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनलाई माओवादी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदको समर्थन थियो। त्यसपछि एमाले र नाउपाको समर्थनमा एमालेका राजेन्द्रसिंह रावल एक महिना मुख्यमन्त्री बनेर बाहिरिए। विश्वास मत पाउन नसकेपछि रावल पदमुक्त भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार