सुदूरपश्चिममा नेपाली काँग्रेसले टुंगायो मन्त्री र राज्यमन्त्रीको नाम

डडेल्धुरा : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

प्रदेशसभा सदस्यहरु मेघराज खडका र बहादुरसिंह थापालाई मन्त्री तथा सरस्वती खड्का र प्रकाशबहादुर बमलाई राज्यमन्त्री बनाउने निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । 

Dengue

खड्का सामाजिक विकासमन्त्री, सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, थापा आर्थिक मामिलामन्त्री र बमलाई आर्थिक मामिला राज्यमन्त्री बनाउने निर्णय भएको सुनारले बताए । 

सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार