सुनको मूल्यले बनायो अर्को नयाँ कीर्तिमान

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोवार भइरहेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन ३ सय रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Dengue

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार