प्युठानमा दुई जनामा हैजा पुष्टि

प्युठान : प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको हो । तीन जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पठाइएको थियो। पौडेलले भन्नुभयो, दुई जनामा पोजेटिभ रिपोर्ट आएको छ।

Dengue

जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामीमध्ये तीन जना उपचार पछि घर फर्केका छन । तीन जनाको हाल उपचार भइरहेको समेत उहाँले जानकारी दिनुभयो । उनीहरूको अवस्था सामान्य रहेको र दुई वा तीन दिनमा डिस्चार्ज गरिने समेत उहाँले जानकारी दिनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार