स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर : स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर सवार साइकललाई ठक्कर दिएको थियो ।

Dengue

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार