काठमाडौँ : सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । गएको शुक्रबार सुन पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो ।
आज तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्