एआईजी किरण बज्राचार्य र एसएसपी भूपेन्द्र खत्रीको सरुवा हुँदै

काठमाडौं : सरकार नेपाल प्रहरीका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ ।

प्रधानमन्त्री कार्यालयका निकट स्रोतका अनुसार महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा विवादास्पत एआईजी किरण बज्राचार्यको सरुवा हुँदैछ ।

Dengue

बज्राचार्य तिनै हुन् ६१ केजी सुन तस्करी प्रकरणमा सरकारले गठन गरेको पूर्व न्यायाधिश डिल्लीराम आचार्यको नेतृत्वमा गठित सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले संदिग्धलाई जोगाउन सीआईबी नेतृत्वकै हात रहेको उल्लेख गर्दै छानबिनपछि कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसपछि सरकारले त्यससमय सिआईबीको जिम्मेवारीबाट हटाए पनि अहिले उनैलाई पुरस्कारस्वरूप मेट्रोको जिम्मेवारी दिन लागेको हो । बज्राचार्य परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई भिटो लगाएर मेट्रोमा इन्ट्री मार्न लागेकी हुन् ।

त्यसैगरी सरकारले जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी बसन्त रजौरेको पनि सरुवा गर्दैछ । वैशाख १४ गते एसएसपी भूपेन्द्र खत्रीको स्थानमा काठमाडौं परिसरको जिम्मेवारी लिएका रजौरेको ३ महिनामै सरुवा हुन लागेको हो । उनको स्थानमा एसएसपी विश्व अधिकारीलाई ल्याइने भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार