मनसुनजन्य विपदमा परी १५० जनाको मृत्यु, ४९ बेपत्ता

काठमाडौं : नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार दिउँसोसम्म १५० जनाको मृत्यु भएको छ । विपद्‌मा परी देशभर ४९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यो अवधिमा बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २५ जनाको मृत्यु भएको छ । मधेसमा ६, वाग्मतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी १५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

यस्तै, काठमाडौं उपत्यकामा १०, कोसी प्रदेशमा ३७ जना घाइते भए । मधेसमा १०, वाग्मतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा ११, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १७७ जना घाइते भएका तथ्यांक छ ।

काठमाडौं उपत्यकामा २६, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी १०८ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४२, गण्डकीमा दुई, लुम्बिनीमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् ।

यो अवधिमा विपद्का घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार