नतिजाप्रति चित्त नबुझे १ गतेसम्ममा आवेदन दिन विद्यार्थीलाई आग्रह

काठमाडौँ : कक्षा १२ परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले एक सूचना जारी गर्दै शुक्रबार प्रकाशित नतिजाप्रति चित्त नबुझ्ने पुनर्योग गर्न चाहने विद्यार्थीलाई आगामी भदौ १ गतेसम्ममा आवेदन दिन आग्रह गरेको हो।

प्रकाशित नतिजा अनुसार १ लाख ८७ हजार विद्यार्थीको ननग्रेडेड (एनजी) आएको छ। उक्त नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्। उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ।

Dengue

त्यस्तै, २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ।

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।

त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार