काभा वुमन्स नेसन्स लिगमा आज दुई खेल हुँदै

काठमाडौं : काठमाडौंमा जारी काभा वुमन्स नेसन्स लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा उपाधि दाबेदार इरानले श्रीलंकासँग खेल्देछ । खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

Dengue

बिहीबार भएको उद्घाटन खेलमा श्रीलंका घरेलु टोली नेपालसँग सोझो सेटमा पराजित भएको थियो । यस्तै इरानलाई भारतले ३-१ को सेटमा पराजित गरेको थियो । भारत विरुद्ध एक सेट जितेको इरान श्रीलंकालाई हराउँदै पहिलो जितको लक्ष्यमा छ ।

अर्को खेलमा भारतले माल्दिभ्ससँग खेल्नेछ । यो खेल राखेप कभर्डहलमै साँझ सवा ५ बजे सुरु हुनेछ । पहिलो खेलमै इरानलाई हराएको भारत उच्च मनोबलमा छ । सहभागी पाँच टोलीमध्ये तुलनात्मक रुपमा कमजोर माल्दिभ्स भने प्रतियोगितामा पहिलो खेल खेल्दैछ । लिग चरणका खेलहरुपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार