‘भासुको भीर, भूत र फेसबुकको हल्ला’

भक्तराज जोशी

कैलाली । मंगलबार र बुधबार सामाजिक सञ्जाल फेसबुकमा भूतको चर्चा निकै भयो । कैलालीको चुरे गाउँपालिकामा पर्ने भासूको भीरमा ‘रियल भूत’ देखियो भन्दै पोष्ट गर्नेहरुको कमी थिएन ।

खासगरी फेसबुकमा ‘रिलय भूत’ भन्दै दुईवटा तस्वीर र एउटा भिडियो भाइरल बन्यो ।

Dengue

जसमध्ये पहिलो फोटोमा मान्छेजस्तो आकृति देखिन्थ्यो । झट्ट हेर्दा सारी लगाएको देखिएकाले त्यो आकृति कुनै महिलाको हो भनेर सजिलै ठम्याउन सकिन्थ्यो ।

दोस्रो फोटो, अस्पष्ट तर झट्ट हेर्दा मान्छेकै आकृतिजस्तो देखिन्थ्यो । पहिलो फोटो भन्दा अलि फरक र भिन्नै थियो दोस्रो फोटो । दोस्रो फोटोमा देखिएको आकृति जमिनभन्दा केही माथि उठेकोजस्तो देखिन्थ्यो, हातका औँला केही अस्वभाविक लामा र नङ्ग्रा पनि देखिन्छ । लामो कपाल, कुप्रो परेको शरीर, हेर्दा झट्ट डर लाग्ने खालको ।

सोही पोष्टमा एउटा भिडियो पनि राखिएको छ । जसमा न कुनै आकृति देखिन्छ, न कुनै स्वरुप । बस्, उक्त भिडियोमा कोही रोएको जस्तो मात्रै सुनिन्छ ।

त्यही फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सुरुमा कसले पोष्ट गर्यो ? थाहा छैन, तर उक्त फोटोमा देखिएको आकृति सुदूरपश्चिमको कैलालीमा पर्ने भासूको भीरमा देखिएको भूतको भएको दाबी गरिएको छ । तर सो फोटो/भिडियो न भासूको भीरको हो भन्ने प्रमाणित भएको छ न त उक्त फोटो÷भिडियोमा देखिएको आकृति ‘रियल भूत’ हो भन्ने निश्चय छ । केलब सामाजिक सञ्जाल सोही हल्लाका पछाडी दौडिरहेको छ ।

खासमा उक्त फोटो/भिडियो न भासूको भीरको थियो, न फोटोमा देखिएको आकृति भूतको नै हो । बरु उक्त फोटो युट्युबमा राखिएको एउटा भिडियोबाट स्क्रिनसट गरिएको थियो ।

सामाजिक सञ्जालमा उक्त फोटो र भिडियो भाइरल भएपछि केही दिनयता भासूको भीरमा यात्रा गर्नेहरुमा छुट्टै त्रास सृजना भएको छ । कतिपयले रातीको समयमा उक्त सडक प्रयोग गरेर यात्रा गर्नै छोडेका छन् भने कतिपयले डर मानीमानी यात्रा गर्नुपरेको सुनाएका छन् ।

यता कैलाली प्रहरीले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त फोटो/भिडियोमा भनेजस्तो उक्त फोटो भासूको भीरको नभएको र फोटोमा देखिएको आकृति भूतको नभएको स्पष्ट पारेको छ । कुनै समाजिक सञ्जाल प्रयोगकर्ताले युट्युबमा राखिएको भिडियोबाट स्क्रिनसट गरेर फेसबुकमा राखेर अफवाह फैलाएको प्रहरीको दाबी छ ।

साथै प्रहरीले उक्त अफवाहको पछि नलाग्न र त्यस्ता अफवाह नफैलाउन पनि आग्रह गरेको छ ।

जे होस् यस्ता अफवाह फैलाएर जनमानसमा डर पैदा गर्नु अपराध हो । यसले दीर्घकालीन असर नगरे पनि क्षणिक रुपमा मानसिक र मानवीय जनजीवनमा असर गर्ने मनोचिकित्सकहरुले बताएका छन् । त्यसैले यस्ता गलत हल्ला नफैलाऔँ, गलत हल्लाको पछि नलागौँ र यस्ता हल्लालाई प्रसय पनि नदिऔँ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार