सिन्धुली : सिन्धलीको लाम्पान्टार गाउँपालिका ११ लुभुमा खोलाले बगाएर बालकको मृत्यु भएको छ ।
स्थानीय हाँडी खोलाले बगाउँदा कमल र बिमला तामाङको चार वर्षीय छोरा मन्जिल तामाङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै खोलामा खेलिरहेका बालक तामाङलाई बगाएर दोभानमा पुर्याएपछि स्थानीयले देखेर खबर गरेका थिए । बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
वर्षात्को समयमा खोलाखोल्सी वरपर बालबालिकाहरुलाई खेल्न जान नदिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्