बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार

विराटनगर : बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई ढलाएर अस्पतालबाट फरार भएका छन् । स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मोरङ जिल्ला कारागारबाट उपचारका निम्ति मोहम्मदलाई अस्पताल लगिएको थियो । पेटमा समस्या देखिएपछि गएको मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

Dengue

शौचालय जाने भन्दै निस्किएका उनी सुरक्षामा खटिएका प्रहरीलाई हातले ठेलेर ढलाई दौडँदै भागेका थिए । उनी नेपालबाट भारत सीमातर्फ जाने सक्ने भएकाले जोगबनीलगायत नाकामा निगरानी बढाइएको मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

विराटनगर महानगरपालिका–८ का स्थायी बासिन्दा मोहम्मद जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ०७९ फागुन २९ गते जिल्ला अदालत मोरङले उनलाई १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार