एकै दिन १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Seti Hospital

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको छ। सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ हुँदा चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार