काठमाण्डौको ढल्कुमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाण्डौ : काठमाण्डौ महानगरपालिका–१७ ढल्कुमा हिजो दुई समूहबीच भएको झडपमा परी एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । झडपका क्रममा धारिलो हतियार लागेर ढल्कु पोडेटोलका ३३ वर्षीय अनित पुजारीको ज्यान गएको हो ।

झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

Dengue

घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको अभियोगमा पोडेटोलका सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार