कारले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिक जवानको मृत्यु , एक गम्भीर घाइते

काठमाडौं : चितवनको भरतपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनमा कार्यरत सैनिक जवान तनहुँको भानु नगरपालिका १२ घर भएका २७ वर्षीय निगम नेपाली सार्की रहेका छन् ।

Dengue

मंगलबार राति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा तनहुँको बन्दिपुर–३ बस्ने २६ वर्षका दिनेश थापा गम्भीर घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कार र चालक धादिङको धुनिबेसी–७ बस्ने ४२ वर्षीय राजु भण्डारी प्रहरीको नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार