रविको अनुसन्धान रोकेको आरोपमा सिआईबीका हाकिममाथि छानबिन

धनगढी : नेपाल प्रहरीले सुन तस्करीको अनुसन्धान अघि नबढाएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको अनुसन्धान फितलो बनाएको आरोपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसमेत रहेका ज्ञवालीले प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा प्रहरी संगठनभित्रैबाट छानबिन सुरु भएको हो। ज्ञवालीमाथिको छानबिन अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा भइरहेको छ।

Dengue

एआईजी ज्ञवालीमाथि निवर्तमान गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगीबारेको अनुसन्धान कमजोर पारेको आरोप लागेको छ। सुन तस्करीको अनुसन्धानमा पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा गृहमन्त्री लामिछानेले सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर (गत चैतमा) ज्ञवालीलाई ल्याएका थिए।

ज्ञवालीमाथि अर्को गम्भीर प्रकरणको अनुसन्धानमा रहेका व्यापारिक घरानाका व्यक्तिसँग हिमचिम बढाएको आरोप लागेको छ। उनीमाथि बालमन्दिरको सरकारी जग्गा व्यक्तिको नाममा हत्याउनेहरूसँग, सेन्चुरी बैंकको कर्जा हिनामिना गर्नेहरूसँग, केही अन्य ठूला भनिएका मुद्दामा मुछिएर पक्राउ पुर्जी जारी भएकासँग उठबस गरेको आरोप पनि लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार