विमान उडानका क्रममा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे भन्दै एक युवकलाई पक्राउ

धनगढी: धनगढी विमानस्थलबाट श्री एयरलाइन्सकाे विमान उडानका क्रममा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे भन्दै एक युवकलाई पक्राउ गरिएको छ। हिजो (मंगलबार) बेलुका उनलाई नियन्त्रणमा लिइएको हो।

विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेकाे श्री एयरलाइन्स काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर हाेस्टेजमाथि दुर्व्यवहार भएको हो। एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गाेदावरी नगरपालिका- १ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ।

Dengue

स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए। त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट गर्दै क्याप्टेनले प्रहरीलाई धनगढी अवतरण भएलगत्तै रिपोर्ट गरेपछि शिवराजलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।

काठमाडौंबाट ढिलो गरि उडेकाे श्रीएयरकाे विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेकाे थियोे।

अहिले एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेकाे आरोपमा शिवराजलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार