धनुषा : धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते भएका छन् । भंगहा-जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एक युवक गम्भीर घाइते भएका हुन् ।
जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेरका थिए । उनको दुवै खुट्टा काटिएको छ । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।
जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्