कलमी भनेर लगाएका आँप स्थानीय प्रकृतिका निस्किए

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटका नारायण कठायतले कलमी भनेर लगाएका आँप स्थानीय प्रकृतिका निस्किएका छन् । उनले करिब १५ रोपनी जमिनमा २०७१ सालमा १५० बोटा कलमी आँप रोपेका थिए ।

भविष्यमा राम्रो आम्दानी लिने योजनासहित रोपेका आँपमा ८० प्रतिशतभन्दा बढी स्थानीय प्रकृतिका (लोकल) निस्किएपछि उनी चिन्तित बनेका छन् । ‘भविष्यमा आम्दानी लिने योजनासहित कलमी आँप रोपेको थिए,’ कठायतले भने, ‘आँप फल्न पनि समय लाग्यो, फलेपछि अधिकांश आँप स्थानीय प्रकृतिका निस्किए ।’

Dengue

कठायतले लोकल निस्किएका आँप काटेर आँप र कागती लगाएका छन् । यो वर्ष करिब ५० बोट जति आँप लगाएको उनले बताए । त्यतिबेला जिल्ला कृषि डोटीबाट प्रतिबोटा २० रुपैयाँका दरले खरिद गरेर रोपेको नारायणले बताए । लगाएको बेला कलमी हो की लोकल भनेर थाहा नपाइने भएकाले आफू ठगिन पुगेको उनले बताए ।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले कठायतले लगाएका आँप कलमी नभएर बिजु हुनसक्ने बताए । ‘खरिद गर्दा कलमी जस्तै देखिन सक्छन् तर वास्तवमा कलमी होकि होइन भनेर त्यति बेला पत्ता लगाउन सकिँदैन, त्यसका लागि हामीले लगाएको दुई तीन वर्ष जति कुर्नै पर्छ,’ उनले भने । यसरी ठगिनबाट जोगिन स्रोत केन्द्रले तोकेका स्थान र विश्वासिलो नर्सरीबाट ल्याउने र छिटो फल्ने जातका आँप खरिद गरेर रोप्न सकिने उनको सुझाव छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार