कलमी भनेर लगाएका आँप स्थानीय प्रकृतिका निस्किए

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटका नारायण कठायतले कलमी भनेर लगाएका आँप स्थानीय प्रकृतिका निस्किएका छन् । उनले करिब १५ रोपनी जमिनमा २०७१ सालमा १५० बोटा कलमी आँप रोपेका थिए ।

भविष्यमा राम्रो आम्दानी लिने योजनासहित रोपेका आँपमा ८० प्रतिशतभन्दा बढी स्थानीय प्रकृतिका (लोकल) निस्किएपछि उनी चिन्तित बनेका छन् । ‘भविष्यमा आम्दानी लिने योजनासहित कलमी आँप रोपेको थिए,’ कठायतले भने, ‘आँप फल्न पनि समय लाग्यो, फलेपछि अधिकांश आँप स्थानीय प्रकृतिका निस्किए ।’

SHIKHAR COOL TECH

कठायतले लोकल निस्किएका आँप काटेर आँप र कागती लगाएका छन् । यो वर्ष करिब ५० बोट जति आँप लगाएको उनले बताए । त्यतिबेला जिल्ला कृषि डोटीबाट प्रतिबोटा २० रुपैयाँका दरले खरिद गरेर रोपेको नारायणले बताए । लगाएको बेला कलमी हो की लोकल भनेर थाहा नपाइने भएकाले आफू ठगिन पुगेको उनले बताए ।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले कठायतले लगाएका आँप कलमी नभएर बिजु हुनसक्ने बताए । ‘खरिद गर्दा कलमी जस्तै देखिन सक्छन् तर वास्तवमा कलमी होकि होइन भनेर त्यति बेला पत्ता लगाउन सकिँदैन, त्यसका लागि हामीले लगाएको दुई तीन वर्ष जति कुर्नै पर्छ,’ उनले भने । यसरी ठगिनबाट जोगिन स्रोत केन्द्रले तोकेका स्थान र विश्वासिलो नर्सरीबाट ल्याउने र छिटो फल्ने जातका आँप खरिद गरेर रोप्न सकिने उनको सुझाव छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार