सौर्य जहाज दुर्घटनाका मृतकको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गर्न थालिएको हो । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।

Dengue

मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई जिम्मा लगाउने अस्पतालका एक अधिकारीले जानकारी दिए ।

बुधवार काठमाडौंबाट पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो ।

जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलट भने बाँच्न सफल भएका छन् । पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार